प्रधानमन्त्री बालेन्द्र शाहका विशेष सुरक्षा सल्लाहकार समेत रहेका निवर्तमान आईजीपी दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दिएको रिट निवेदन दर्ता भएको छ ।
सर्वोच्च अदालतले आईजीपीबाट हटाइएका कार्कीले पुनर्बहालीको माग राख्दै पेस गरेको रिट निवेदन आज दर्ता गरेको छ।
अदालतका रजिस्ट्रार ठगिन्द्र कटेलका अनुसार निवेदकको मागबमोजिम कात्तिक ३० गतेका लागि पहिलो पेसी तोकिएको छ। कार्कीले बिहीवार निवेदन पेस गरे पनि ‘अध्ययन भइरहेको’ भन्दै अदालत प्रशासनले उक्त निवेदन हिजो दर्ता गरेको थिएन।
सरकारले बुधवार उनलाई आईजीपीबाट हटाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको बताएको थियो।