Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते

सर्वोच्च अदालत

सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगे निवर्तमान आईजीपी कार्की

बिहिवार , कार्तिक २०, २०८३

नेपाल प्रहरीका निवर्तमान महानिरिक्षक (आईजीपी) दानबहादुर कार्की आफुलाई हटाउने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालत पुगेका छन् ।

सरकारले हिजो कार्कीलाई आईजीपीबाट हटाउनुको साथै मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरेसँगै कार्की सरकारको उक्त निर्णय खारेजीसँगै आफुलाई आईजीपीमा पुनः बहाली गर्नुपर्ने माग सहित सर्वोच्चमा पुगेका हुन ।

अधिवक्ता टिकाबहादुर कुँवर कार्कीका तर्फबाट रिट लिएर सर्वोछ पुगेका हुन ।

कुँवरले आफुहरु रिट निवेदन लिएर सर्वोच्च पुगेको र अन्य प्रक्रिया भने चलिरहेको जानकारी दिएका छन् ।

सम्बन्धित समाचार