Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते

राजनीति

गगन थापालाई कसैले पक्राउ गर्न सक्दैन : प्रचण्ड

शुक्रवार , कार्तिक २१, २०८३

पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई कसैले पनि पक्राउ गर्न नसक्ने बताएका छन् । 

शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै संयोजक प्रचण्डले कांग्रेस सभापति थापालाई कसैले पक्राउ गर्न नसक्ने दाबी गरे । पछिल्लो केही दिन यता सभापति थापालाई सरकारले पक्राउ गर्ने तयारी गरिरहेको भनेर समाचार बाहिरिएपछि प्रचण्डले यस्तो बताएका हुन् । 

सञ्चारकर्मीहरुले कांग्रेस सभापति गगन कुमार थापा पक्राउ पर्ने चर्चाबारे प्रचण्डलाई गरेको प्रश्नमा उनले भने, “सरकार संविधान, लोकतन्त्र, गणतन्त्रका मूल्य मान्यता र मर्मभन्दा बाहिर जान खोजिराखेको छ । यो निकै चिन्ताको विषय छ, देशका लागि र जनताका लागि पनि जहाँ सम्म गगनजीको कुरा गर्नु भयो, गगनजीलाई पक्रिन कसैले गर्न सक्दैन ।”

प्रचण्डले सरकारले आईजीपी दानबहादुर कार्कीलाई हटाएको बारे सर्वाेच्चमा रिट परिसकेको भन्दै यसबारे टिप्पणी नगर्ने बताए । 

 

सम्बन्धित समाचार