Nov 04 2026 | २०८३, कार्तिक १९ गते

२०८३, कार्तिक १९ गते

एनपीएल

आन्द्रे रसेलको अलराउण्डर प्रदर्शनमा जनपुरमाथि विराटनगरको रोमाञ्चक जित

मंगलवार , कार्तिक १८, २०८३

नेपाल प्रीमियर लिग (एनपीएल) सिजन- ३ को आजको खेल अन्तर्गत विराटनगर किङ्गसले जनकपुर बोलट्सविरुद्द रोमाञ्च जित निकालेको छ ।

विराटनगरको जितमा अन्द्रे रसेलले उत्कृष्ट अलराउण्डर प्रदर्शन गरे । ब्याटिङमा आक्रामक ५२ रन बनाएका रसेलले बलिङतर्फ ४ विकेट लिए ।

विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकुरले निर्धारित २० ओभरमा १७२ रन मात्रै बनाउन सक्यो ।

जनकपुरका लागि सैफ हसनले सर्वाधिक ७१ रनको अर्धशतकीय पारी खेले । रसेलको अन्तिम बलमा बसिर अहमद बाट क्याच आउट हुँदै खेल पनि गुमाए ।  उनले आफ्नो पारीमा ५ छक्का र २ चौमक हिर्काए ।

यस्तै एनपीएलमा डेब्यू गरेका विशाल शुसलिङले पनि प्रभावकारी पारी खेले । उनले ३० बलमा ३ छधक्का र २ चौकासहित ४३ रन बनाए । जिम्मी निसमले १५ बलमा ३ छक्काको सहयोगमा २७ रन बनाउँदा मोहिन अलीले १४ बलमा १० रन बनाए ।

अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।  बलिङमा विराटनगरका आन्द्रे रसेलले सर्वाधिक ४ विकेट लिए । उनले चार ओभरमा ४५ रन खर्चिए ।

यस्तै एन्जेलो म्याथुजले ३ ‌ओभरमा २५ रन खर्चिँदै २ विकेट लिँदा रुपेश सिंहले पनि महत्त्वपूर्ण एक विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाउँदै १७४ रन बनाएको थियो।

विराटनगरका लागि सर्वाधिक ओपनर इमरान शेखले ५६ रन बनाए । उनले ४५ बलमा २ छक्का र पाँच चौका हिर्काए ।

यस्तै लोकेश बमले पनि ४० बलमा ५० रन बनाए । त्यसक्रममा उनले ३ चौका र ३ छक्का हिर्काए । आजको खेलमा म्यान अफ द म्याचसमेत बनेका आन्द्रे रसेलले मात्र २९ बलमा ५२ रनक अविजित पारी खेले । त्यसक्रममा उनले ५ छक्का र २ चौका हिर्काए ।

सुभम रन्जाने ७ बलमा अविजित रहँदा सहान जैसुर्या १ रनमा आउट भए ।  चार खेल खेलेको विराटनगरको यो दोस्रो जित हो ।

यो जितसँगै चार अंक र उच्च रनरेटका कारण अंकतालिकाको शीर्षस्थानमा समेत उक्लिएको छ ।

 

सम्बन्धित समाचार