Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते

तिहार

आज कुकुर तिहार, पूजा गरि मिठा परिकार खुवाएर मनाइँदै

आइतवार , कार्तिक २३, २०८३

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ ।

कुकुरलाई यमराजको दूत तथा मानिसहरुको विश्वासिलो साथिको रुपमा सम्मान गर्दै आज देशभर पूजा गरेर कुकुर तिहार मनाउन लागिएको हो ।

हिन्दु शास्त्र अनुसार कुकुरलाई एमराजको द्दारपाल तथा दूतका रुपमा लिने धार्मिक विश्वास छ । यमलोकको द्दारमा बस्ने श्याम र सबल नामका दुई कुकुरले यमराजको सन्देश वहाकका रुपमा काम गर्ने धार्मिक मान्यता रहेको छ ।

त्यसैले कुकुर तिहारको दिन कुकुरको पूजा गरि सम्मान गर्ने परम्परा रहि आएको छ । आज बिहानैदेखि सडकमा रहेका तथा घरपालुवा कुकुरलाई नुहाइदिएर टीका र माला लगाइदिने तथा मिठा परिकार खुवाउने गरिन्छ ।

कुकुरलाई मनपर्ने खानेकुरा दिएर पूजा गर्दा यमराज प्रश्न्न हुने र परिवारमा सुख, शान्ति तथा समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।

कुकुरलाई सुरक्षा दिने, अपराध अनुसन्धानमा सहयोग गर्ने तथा मानिसको साथिका रुपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने जनावरको रुपमा पनि लिइन्छ ।

विशेष गरि घरको सुरक्षा, खोज तथा उद्दार र सुरक्षाकर्मीका काममा कुकुरको योगदान महत्त्वपूर्ण मानिन्छ ।

तिहारका पाँच दिनमध्ये काग तिहार, कुकुर तिहार, लक्ष्मी पूँजा, गोवर्धन पूजा तथा भाइटीका गरि विभिन्न धार्मिक तथा सांस्कृतिक परम्परा अनुसार पर्व मनाइन्छ ।

सम्बन्धित समाचार