नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले दीपावली तथा तिहारको पावन अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
शनिबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत सभापती थापाले शुभकामना सन्देश जारी गर्दै उज्यालो, आत्मीयता र सद्भावको यो पर्वले सबैको जीवनमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा सञ्चार गरोस् भन्ने कामना गरेका छन् ।
उनले दियोको उज्यालोले अन्धकार हटाएझैँ हाम्रो समाजमा व्याप्त निराशा, अविश्वास र विभाजनलाई चिर्दै आपसी सद्भाव, एकता र विश्वासलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
"यो पर्वले हामी सबैलाई सत्य, न्याय र सद्भावको बाटोमा दृढतापूर्वक अघि बढ्ने प्रेरणा दिओस्। हरेक घरमा खुसी, हरेक मनमा आशा र हाम्रो साझा भविष्यमा समुन्नतिको उज्यालो फैलियोस्। शुभ दीपावली! शुभ तिहार," सभापति थापाले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।