पूर्वी अफगानिस्तानको लगमान प्रान्तमा शनिबार साँझ भएको सडक दुर्घटनामा परि कम्तिमा ७ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार काबुललाई पूर्वी प्रान्तहरुसँग जोड्ने मुख्य राजमार्ग अन्तर्गत कारघाई जिल्लाको माशली क्षेत्रमा तीव्र गतिमा रहेको एउटा सवारी साधनले तीन पाङ्ग्रे मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुईजना घाइते भएका छन् ।
मृतक तथा घाइतेहरुलाई आवश्यक कानूनी प्रक्रीया पूरा गर्न प्रान्तीय अस्पताल लगिएको प्रहरीले जनाएको छ ।