Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिट खारेज, अब म्याद नथप्न परमादेश जारी

सोमवार , चैत्र २३, २०८२

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिट सर्वाेच्च अदालतले खारेज गरेको छ । 

तर, सर्वाेच्चले ओली र लेखकको अब म्याद नथप्न परमादेश जारी गरेको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्धय विनोद शर्मा र सुनिल पोखरेलको इजलासले यस्तो आदेश दिएको हो । 

जेनजी आन्दोलनबारे अनुसन्धान गर्न गठित जाँचुबुझ आयोगको सिफारिस अनुसार गृहमन्त्रालयको निर्देशनमा प्रहरीले ओली र लेखकलाई यही चैत्र १४ गते पक्राउ गरेको थियो । हिजो मात्रै उनीहरुको तेस्रो पटक तीन दिनको म्याद थप गरिएको छ । 

सर्वाेच्चको परमादेश अनुसार अब म्याद थप्न पाइने छैन् । ५ दिन भित्र मुद्धा बुझाउनु पर्नेछ भने अन्यथा उनीहरुलाई साधारण तारेख वा धरौटीमा छोड्नु पर्नेछ । 

 

सम्बन्धित समाचार