नेपाल शिक्षक महासंघले भदौदेखी आन्दोलन गर्ने घोषणा गरेको छ ।
महासंघको परिषद् बैठकले भदौदेखी आन्दोलन गर्ने निर्णय गरेको महासचिव तुलाबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार भदौबाट अन्दोलन गर्ने तय भएको र मिति भने विस्तारित कार्यालय बैठकले तय गर्नेछ ।
पहिलेको सरकारसँग भएका सम्झौता कार्यान्वयन, शिक्षा ऎनको माग सहित नियमावलीको १० औँ संशोधनमा आएका विषयमा महासंघले फरक मत राखेको छ ।
साथै शिक्षक सरुवा, विद्यालय कर्मचारी, ईसीडी शिक्षक, अस्थायी प्रकृतिका शिक्षकको व्यवस्थापन हुनुपर्ने माग महासंघले राख्दै आएको छ ।
© 2026 All right reserved to nrnpost.com | Site By : Sobij