Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

नयाँ शैक्षिक सत्रअगावै पाठ्यपुस्तक विद्यालयमा

बिहिवार , बैशाख ३, २०८३

नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै सिन्धुली जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका छन्। जनक शिक्षा सामग्री केन्द्रको डिपोमार्फत ल्याइएका पुस्तक विद्यालयहरूले धमाधम उठाइरहेका छन्।

विद्यालयहरूले वैशाख १५ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने र वैशाख २१ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने तयारी गरेका छन्। केही विद्यालयले विद्यार्थीलाई पुस्तक वितरणसमेत सुरु गरिसकेका छन्।

शिक्षक तथा विद्यालय प्रशासनका अनुसार समयमै पाठ्यपुस्तक उपलब्ध हुँदा यस वर्ष पठनपाठन सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ। विगतका वर्षमा देखिने ढिलाइ र अभावको समस्या यसपटक हटेको उनीहरूको भनाइ छ।

जिल्लामा ५३४ वटा सामुदायिक विद्यालय रहेका छन्। कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको छ। यस वर्ष पुस्तक अभाव नहुने गरी आपूर्ति गरिएको सम्बन्धित निकायले जनाएको छ।

सम्बन्धित समाचार