इरानले कुवेतमा गरेको आक्रमणमा परी मृत्यु भएका नेपाली युवा सोमकुमार तामाङको शव नेपाल ल्याइएको छ ।
कुवेत एयरवेजको उडान मार्फत् गए राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमको शव अवतरण गरिएको हो । तेह्रथुम जिल्लाका स्थायी बासिन्दा तामाङ सन् २०२२ देखि खाडी मुलुकमा चालकका रुपमा कार्यरत रहेका थिए ।
गत बिहिवार उत्तरी कुवेतमा रहेको एक चिनियाँ कम्पनीको भवनमा इरानी मिसाइल आक्रमणमा परी उनको मृत्यु भएको थियो ।
पछिल्लो समय अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमा आक्रमण गरेपछि अमेरिकाको लगानी रहेका खाडी मुलुकहरुका कम्पनी र अमेरिकी सैन्य अखडाहरुमा इरानले जवाफी आक्रमण गरेपछि त्यसको मारमा रोजगारीको शिलशिलामा खाडी मुलुकमा गएका नेपालीसहित अन्य देशका नागरिकहरु पनि परेका छन् ।