Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते

रोमानियामा रेलको ठक्करबाट २ नेपालीको मृत्यु

मंगलवार , श्रावण १९, २०८३

रोमानियामा रेलको ठक्करबाट दुई जना नेपालीको मृत्यु भएको छ । 

रेलको ठक्करबाट मृत्यु हुनेमा नेपाली युवाहरु २५ वर्षीय निश्कल तामाङ र ३६ वर्षीय शान्त कुमार श्रेष्ठ रहेका छन् । निश्कल चितवनको भरतपुर महानगरपालिका– २० बागबजार र शान्त सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी– ५ पल्वाका स्थायी बासिन्दा भएको खुलेको छ । 

रोमानियाको पूर्वी सडक बकाउस्थिति चिमिई सडक नजिकैको रेलमार्गमा हिडिरहेको बेला उनीहरुलाई रेलले ठक्कर दिएको थियो । घटनाको जानकारी पाए लगत्तै एम्बुलेन्स उद्धार टोली र स्वास्थकर्मीसहितको आपतकालिन उद्धार टोली पुगे पनि उनीहरुको घटनास्थलमै मृत्यु भैसकेको अवस्थामा फेला परेका बकाउ प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

मृतक दुवै जनाको शव बकाउस्थिति स्पितालुल दे गाइनोकोलोजिकको शव गृहमा राखिएको जनाइएको छ । निश्कल र शान्त दुवै जना रोजगारीको सिलसिलामा रोमानिया गएका थिए । 

 

 

 

सम्बन्धित समाचार