Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

निर्वाचन प्रहरी पक्राउ

बिहिवार , फाल्गुण १४, २०८२

सप्तरीमा एकजना निर्वाचन प्रहरी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा महादेव गाउँपालिका– १ स्थित पकरी चौकीमा खटिएका निर्वाचन प्रहरी स्थानीय हरे राम यादव रहेका छन्। हातहतियार, खरखजना र विस्फोटक पदार्थ सम्बन्धी कसुरमा दोषी ठहर भई फरार रहेका यादव निर्वाचन प्रहरीमा भर्ना भएको खुलेपछि पक्राउ परेका हुन्।

पूर्व सशस्त्र प्रहरी  ज्वान समेत रहेका यादव सेवामा रहँदा मधेश आन्दोलनका क्रममा एसएमजी हतियार सहित फरार भएका थिए भने २०७७ सालमा लाहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा समेत उनी संलग्न रहेको खुलेको थियो। 

प्रहरीले यादवमाथि हातहतियार, खरखजना ऐन, २०१९ र विस्फोटक पदार्थ सम्बन्धी ऐन, २०१८ अन्तर्गतको कसुरमा मुद्दा दायर गरेको थियो। उक्त कसुरमा दोषी ठहर गर्दै अदालतले ११ वर्षको कैद सजाय सुनेपछि उनी फरार रहेका थिए । 

तर निर्वाचन प्रहरीमा भर्ना भएपछि उनलाई हिजो चौकीमा खटिएकै अवस्थामा नियन्त्रणमा लिएको बुझिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रहरीले जनाएको छ।

 

सम्बन्धित समाचार