Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते

बाढीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ, ९२ लाख भन्दा बढी बरामद

शनिवार , भाद्र १३, २०८३

रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ फोडेर पैसा लिएको आरोपमा प्रहरीले धादिङको गल्छीबाट २९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको र यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

बुधबार तिब्बतबाट रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवामा र नुवाकोटका नदि किनाराका बस्ती सँगै त्यहाँ रहेका करिब ११ वट बैंकका शाखा समेत बगाएको छ ।

यो बाढीले नेपालमा ठूलो मात्रामा धनजनको क्षती पुर्याएको छ । बाढीमा परि हालसम्म ६ सय २६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा सरकारले सुरक्षाकर्मी सहितको उद्दार टोली खटाएर राहत तथा उद्दार जारी राखेको छ ।

सम्बन्धित समाचार