रसुवाको बाढीमा परि बेपत्ता भएका मध्ये ९ सय ३ जनाको मृत्युु भएको पुष्टि भएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान ९ बजेसम्म ९ सय ३ जनाको शव फेला परेको छ ।
रसुवामा २४, धादिङमा ५५, नुवाकोटमा ९५, चितवनमा २७२, गोरखामा ६२, तनहुँमा ३७, नवलपरासी पूर्वमा २०७ र नवलपरासी पश्चिममा १५१ शव फेला परेका हुन् ।
प्राधिकरणका अनुसार ४ हजार २४७ जना सम्पर्क विहिन रहेका छन् भने २५२ विदेशी सहित १० हजार ४५१ जनालाई उद्दार गरिएको छ ।
२५७ घाइतेमध्ये १५७ जना डिस्चार्ज भैसकेका छन् । बाढी प्रवाहितहरुलाई राहत तथा उद्दार कार्यका लागि २० हजार ८१९ जना सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।