Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते

प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच छलफल

सोमवार , भाद्र १५, २०८३

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

सभापती लामिछाने आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेर प्रधानमन्त्री बालेन्द्रसँग भेट गरेका हुन् ।

उनिहरुबीच ​भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ ​भेटका क्रममा प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुन:स्थापनाका विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको सभापति लामिछानेलाई जानकारी दिए ।

सम्बन्धित समाचार