बाढी पीडितको खोजी, उद्वार र राहतको लागि तिनै तहको सरकारलाई सघाउने सर्वदलीय बैठकको निर्णय
सर्वदलीय बैठकले रसुवाको भोटेकोशीमा आएको बाढीका पिडितहरुको खोजी, उद्वार र राहतको लागि तिनै तहको सरकारलाई सघाउने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबार स्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको कार्यालयमा बसेको सर्वदलीए बैठकले शिर्ष नेतृत्व सहितको अघिल्लो बैठकले गरेका १० बुँदे निर्णयको प्रभावकारी कार्यान्वयन गर्ने गराउने र बाढी पीडितको राहत, उद्धारमा तीनै तहका सरकारलाई सघाउने निर्णय भएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
त्यस्तै बैठकले केन्द्रमा जस्तै प्रदेश, जिल्ला तथा स्थानीय तहमा सरकारलाई सहयोग गर्न राजनीतिक संयन्त्रमार्फत काम गर्ने निर्णय गरेको जनाइएको छ ।
विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको दीर्घकालीन समाधानका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र मार्फत राष्ट्रिय तथा राजनीतिक सहकार्य गर्ने बताइएको छ ।
सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा आज दोस्रो तहका नेताहरू सहभागी भएका थिए ।