Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते

जलवायु न्यायका लागि ठोस कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई राष्ट्रपति पौडेलको आह्वान

सोमवार , भाद्र २२, २०८३

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था बढ्दो विश्वव्यापी तापक्रमबाट उत्पन्न जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर हुन आग्रह गरेका छन् । 

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय समुदायका मित्र राष्ट्रलाई नेपाल लगायत पारिस्थितिकीय रुपमा प्रभावित राष्ट्रहरुको आवाज सुन्न र जलवायु न्याय सुनिश्चित गर्न ठोस तथा प्रभावकारी कदम चाल्न आह्वान गरेका हुन् । 

“यस विपत्ती केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन, अपितु यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न हुन गएको जोखिमप्रति हामीलाई पुनः गम्भीर रुपमा सचेत पनि गराएको छ,” उनले भने । 

राष्ट्रपति पौडेलले नेपालले विगतमा भूकम्प, बाढी, पहिरो, महामारी लगायतका विभिन्न विपत्तिको सामना गर्दै आएको स्मरण गर्दै प्रत्येक नेपाली जनताले असाधारण साहस, धैर्य, संयम र अदम्य दृढताका साथ कठिन परिस्थितिको सामना गरेको बताए । 

उनले विपत्तिको यस कठिन घडीमा सम्पूर्ण राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघ संस्था, निजी क्षेत्र व्यवसायी, समुदाय तथा सम्पूर्ण नागरिकलाई एकताबद्ध भएर उभिन आग्रह गरे । 

वर्तमान सयम पुनः निर्माण, पुनः स्थापना आर्थिक पुनरुत्थानको भएको राष्ट्रपति पौडेलको भनाई रहेको छ । 

 

सम्बन्धित समाचार