नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् ।
आज बाट सुरु हुने कांग्रेसको १५ औँ महाधिवेशनमा उपसभापति संख्या थपे आङ्देम्बेले पनि उम्मेदवारी दिने तयारी गरेका हुन् । कांग्रेसले विधान संशोधन गरेर उपसभापति, महामन्त्री र सह–महामन्त्री र केन्द्रीय सदस्यको संख्या थप गर्दैछ ।
आङ्देम्बे १४ औँ महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवा समूहबाट सहमहामन्त्रीमा निर्वाचित भएका थिए । विशेष महाधिवेशनमा देउवा पक्ष छोडेर आङ्देवे संस्थापन पक्षतिर लागेका थिए ।