नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहितको सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ ।
चिनियाँ राजदूत कोरला नाकाबाट मुस्ताङ आएको तर भ्रमण सम्बन्धी विस्तृत जानकारी भने प्राप्त नभएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिइन् ।
राजदूत चाङ तीन दिने भ्रमणको लागि लोमान्थाङ पुगेको र आज लोमान्थाङबाट कोरला हुँदै चीन तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार कोरला नाकाको वस्तुस्थिति बुझ्न चिनियाँ राजदूत चाङ त्यहाँ गएका हुन् ।
लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको विकल्प बनेको केरुङ भोटेकोशीमा आएको बाढीपछि बगरमा परिणत भएपछि कोरला नाका पुनः सञ्चालनको माग भैरहेको बेला चिनियाँ राजदूतको यो मुस्ताङ भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।