मनकामना केबलकार भोलि मंगलबार बन्द हुने भएको छ ।
मनकामना दर्शन प्रा.लि. ले एक सूचना जारी गर्दै भोलि मंगलबार केबलकार एक दिन बन्द रहने जनाएको छ ।
सेवालाई सुरक्षित र व्यवस्थित बनाउन नियमित मर्मत सम्भार आवश्यक रहेको चाडपर्व अघि नै नियमित तालिका अनुसार नै मर्मतका कामहरु गर्न लागिएको कम्पनीले जनाएको छ ।
कम्पनिका अनुसार २१ असोज बुधबारदेखि नियमित रुपमा केबलकार सेवा सञ्चालन हुनेछ ।