Oct 08 2026 | २०८३, आश्विन २२ गते

२०८३, आश्विन २२ गते

नोबेल पुरस्कार

फ्रान्सिस हाल्जेनले पाए भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

मंगलवार , आश्विन २०, २०८३

सन् २०२६ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई प्रदान गरिने भएको छ ।

रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले आज एक समारोह मार्फत हाल्जेनलाई २०२६ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

उनलाई आइसक्यूब न्यूट्रिनो वेधशालामा निर्णायक योगदान तथा खगोल भौतिक उत्पत्तिको उच्च-ऊर्जा न्यूट्रिनोको खोजको लागि यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो ।

हाल्जेन बेल्जियममा जन्मिएका र अमेरिकामा अध्यापन गर्ने वैज्ञानिक हुन ।

सन् २०२५ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिक जान क्लार्क, मिशेल एच. डेभोरेट र जोन एम मार्टिनिसलाई प्रदान गरिएको थियो ।

हिजो यस वर्ष (२०२६) को चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार कार्ल डाइसरोथ (अमेरिका), पिटर हेगम्यान (जर्मनी) र जर्ज नागेल (जर्मनी) लाई प्रदान गर्ने घोषणा गरिएको थियो ।

सन् १९०१ देखि दिइँदै आएको नोबेल पुरस्कार ६ वटा विधामा प्रदान गरिन्छ ।

सम्बन्धित समाचार