Nov 25 2026 | २०८३, मंसिर १० गते

२०८३, मंसिर १० गते

सिन्धुलीमा जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु

सोमवार , मंसिर ८, २०८३

सिन्धुलीको कमलामाई नगरपालिका –०२ भद्रकालीस्थित भित्री सडक-खण्डमा जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहान घ्याङलेखबाट सिन्धुलीतर्फ जाँदै गरेको बा २१ च ८३२५ नम्बरको डबल क्याप बोलेरो जिपमा सवार सिन्धुलीको घ्याङलेख गाउँपालिका –०४ बन्दीपुर बस्ने ५८ वर्षीय मानध्वज योञ्जनले जिपको लक समातेर बसेको अवस्थामा अचानक लक खुल्न गई ढोकाबाट खसेर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते योन्जनलाई सोही गाडीमार्फत उपचारका लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

उक्त गाडी र चालक सिन्धुलीको कमलामाई नगरपालिका –०५ सिलामे बस्ने २४ वर्षीय टेकबहादुर स्याङ्बोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।

सम्बन्धित समाचार