एसीसी राइजिङ स्टार्स कप अन्तर्गत कतारमा जारी एकदीवसीय क्रिकेट प्रतियोगितामा भारतीय युवा ओपनर ब्याटर वैभव सूर्यवंशीले विष्फोटक ब्याटिङ गर्दै ५२ बलमै दोहोरो शतक प्रहार गरेका छन् ।
यूएईले दिएको २५० रनको लक्ष्य पछ्याएको भारत ‘ए’ टिमका ओपनर ब्याटर वैभवले यस्तो विस्फोटक ब्याटिङ गरेका हुन् । पहिलो ओभरमै तीन छक्का प्रहार गरेका उनले प्रतियोगितामा २८ छक्का र ४ चौका प्रहार गरेर एक्लै २०४ रनको विष्फोटक दोहोरो शतकीय इनिङ खेले ।
६ रन मात्रै र्दौडीएर लिएका उनले ५३ औँ बलको सामना गर्दै २०४ रन बनाए । २९ औँ छक्का प्रहार गर्ने क्रममा वैभव आउट भएका थिए । उनको आक्रामक ब्याटिङका कारण यूएईका बलर निरिह बनेका थिए ।
यो इनिङमा वैभवले २८ बलमै शतक पूरा गर्दै सबैभन्दा छिटो शतक र दोहोरो शतकको विश्व कीर्तिमानी कायम गरेका छन् । एउटै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान पनि वैभवले आफ्नो नाममा बनाएका छन् ।
वैभवको फोष्फोटक ब्याटिङको मदतमा भारतले १४.२ ओभरमा यूएईले दिएको २५० रनको लक्ष्य पूरा गर्दै ७ विकेटको जित निकाल्यो ।