Nov 21 2026 | २०८३, मंसिर ६ गते

२०८३, मंसिर ६ गते

एनपीएल

सिट क्षमता सिमित भएकाले टिकट छिट्टै 'सोल्ड आउट' भयो : क्यान

शुक्रवार , मंसिर ५, २०८३

नेपाल क्रीकेट संघ (क्यान) ले सिट क्षमता सिमित र माग संख्या धेरै भएकाले एनपीएलको फाइनल गेमको टिकट छिट्टै बिक्री भएको बताएको छ ।

शुक्रबार टिकट पाट्नर खल्तीले फाइनलको टिकट खुलाएको १/२ मिनेटमै टिकट सोल्ड आउट भएको थियो ।

छोटो समयमै टिकट सोल्ड आउट भएको भन्दै व्यापक रुपमा जनगुनासो आउनुको साथै केही युवाहरुले त्रिवि क्रीकेट मैदानमै गएर प्रदर्शन गर्न थालेपछि क्यानले एक विज्ञप्ति जारी गर्दै टिकट खुल्ला गरिएको समयमा एकैसाथ २ लाख प्रयोगकर्ताहरुले टिकट काट्न प्रयास गरेपछि छिट्टै टिकट शोल्ड आउट भएको बताएको छ ।

नेपाली क्रीकेट र एनपीएलप्रती नेपाली दर्शकहरुले देखाएको अपार माया, साथ र उत्साहको लागि क्यानले कृतज्ञता व्यक्त गर्नुको साथै यसबाट दर्शक वर्गमा पर्न गएको असुविधाप्रती क्षमायाचना समेत गरेको छ ।

टिकट लिन नसकेका समर्थकहरुलाई अनलाइन एवम् आधिकारिक प्लेटफर्म मार्फत एनपीएल हेरेर सहयोग गरिदिन क्यानले अनुरोध समेत गरेको छ ।

एनपील सिजन-३ को उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ । फाइनल खेल भोलि साँझ ५:०० बजे सुरु हुनेछ ।

FB_IMG_1795172818541.jpg

सम्बन्धित समाचार