Nov 21 2026 | २०८३, मंसिर ६ गते

२०८३, मंसिर ६ गते

देव-करिश्मा अभिनित 'जे गर तिमी' को भिडियो सार्वजनिक

बिहिवार , मंसिर ४, २०८३

अभिनेता देव नेपाली र मोडल करिश्मा श्रेष्ठको अभिनय रहेको नयाँ गीत 'जे गर तिमी' को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेममा रमाइरहेका जोडिको सम्बन्धमा आउने उत्तारचढाव र अन्ततः वियोगको कथालाई भिडियोमा देखाइएको छ ।

भिडियोमा देव र करिश्मा प्रेमिल जोडिको रुपमा देखिएका छन् । गीतमा सुशान सुन्दासको स्वर रहेको छ भने महेश ज्ञवालीको शब्द तथा संगीत रहेको छ ।

दिनेश बस्नेतले निर्देशन गरेको भिडियोमा निर्माता देव नेपाली नै रहेका छन् ।

म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ ।

सम्बन्धित समाचार