Oct 25 2026 | २०८३, कार्तिक ९ गते

२०८३, कार्तिक ९ गते

शान्तिश्री परियारको 'गोर्खे खुकुरी' १० करोड क्लबमा

शनिवार , कार्तिक ८, २०८३

चर्चित गायिका शान्ति श्री परियार र गायक निश्चल दवाडीको स्वरमा रहेको चर्चित गीत 'गोर्खे खुकुरी'ले युट्युबमा १० करोड भ्युज पार गरेको छ ।

दर्शक तथा श्रोताको अथक माया पाउँदा यो गित १० करोड क्लबमा प्रवेश गर्न सफल भएको हो । गायिका परियारले सामाजिक सञ्जाल मार्फत यस सफलतामा खुसी व्यक्त गरेकी छिन ।

करिब ३ करोड जनसंख्या भएको देशमा एउटा गीतले १० करोड भ्युज पाउनुमा उनले आफ्नो अहोभाग्य मानेकी छिन ।

संसारभर छरिएर रहेका करोडौं नेपाली भाषी दर्शक तथा श्रोताप्रती आभार प्रकट गर्दै उनले लेखेकी छन् , " सवा तिन करोड जनता भएको देशमा दशौँ करोड भन्दा माथिको मायाँ प्राप्त गर्ने सृजना संग प्रत्यक्ष जोडिन पाउनुलाई त अहोभाग्य नै मान्नु पर्यो। संसार भरि छरिएर नेपाली गित संगित सुन्नु हुने करोडौं नेपाली भाषिहरु प्रति अनमोल मायाँ र अन्तर हृदय देखि धन्यवाद !"

साथै उनले यसरी संसारको मन जित्न सक्ने गित सृजना गर्न सक्ने सर्जक निशचल दवाडीलाई दश करोडकै बधाई दिएकी छिन ।

उनले यस गितका डाइरेक्टर, मोडल, प्रड्युसर लोमस शर्मा एवम् अडियो भिडियो संग जोडिएका सम्पुर्ण टिमलाई हार्दिक बधाई ज्ञापन गरेकी छन् ।

दुई वर्ष अघि सार्वजनिक भएदेखी नै दर्शकको मन जित्न सफल 'गोर्खे खुकुरी' टिकटक, फेसबुक रिल्स लगायत अन्य सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

 

 

सम्बन्धित समाचार