अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा भारत विरोधी राष्ट्रवादको युग समाप्त भएको टिप्पणी गरेका छन् ।
भारतमा एनडिटिभीले आयोजना गरेको संवादमा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो टिप्पणी गरेका हुन् ।
नेपाल र भारतबीचको सम्बन्ध पृथक रहेको बताउँदै नयाँ सरकारले भारतसँगको सम्बन्धलाई थप सुदृढ र नयाँ उचाईमा पुर्याउन चाहेको बताए ।
"कुनै समय राष्ट्रवादलाई भारत विरोधी भावनासँग जोडेर हेर्ने गरिन्थ्यो । तर, त्यो युग अब सकिएको छ," अर्थमन्त्री वाग्लेले भने ।
मन्त्री वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाह २०२६ सम्मको अन्त्यसम्ममा भारत भ्रमणमा जान सक्ने उल्लेख गरे ।
शाहको भारत भ्रमणले नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सक्ने विश्वास उनले प्रकट गरेका छन् ।
नेपालको राष्ट्रिय हित भारतको आर्थिक प्रगतिसँग निकट रुपमा जोडिएको उनको भनाई छ । दुई मुलुकबीच व्यापार तथा आर्थिक सहकार्य सुदृढ हुँदा दुवै देशलाई फाइदा पुग्ने उनले बताए ।