Oct 25 2026 | २०८३, कार्तिक ९ गते

२०८३, कार्तिक ९ गते

ढुङ्गा प्रहारबाट बालकको हत्या गरेको आरोपमा पक्राउ

शनिवार , कार्तिक ८, २०८३

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।

जिल्लाको रुकुम पश्चिम, बाफिकोट गाउँपालिका–२ स्वारा बस्ने बल बहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथ घरनजिकै बाटोमा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय भक्तबहादुर नाथले एक्कासि ढुङ्गाले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ ।

ढुङ्गा प्रहारबाट बालकको अवस्था गम्भीर भएपछि उपचारका लागि स्वास्थ्य चौकी पिपल, रुकुम पश्चिम लगिएको थियो। त्यहाँ सामान्य उपचार पश्चात् थप उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पुर्‍याइएकोमा सोही दिन उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

ढुङ्गा प्रहार गर्ने भक्त बहादुर नाथलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार