Oct 23 2026 | २०८३, कार्तिक ७ गते

२०८३, कार्तिक ७ गते

साउदी अरबमा ड्रोन आक्रमण, एक नेपालीसहित २ जनाको मृत्यु

बिहिवार , कार्तिक ६, २०८३

साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनालाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा परी एक नेपालीसहित दुई जना विदेशी श्रमीकको मृत्यु भएको छ । 

बुधवार बिहान भएको उक्त आक्रमणमा परी एक नेपाली र एक फिलिपिनी नागरिकको मृत्यु भएको साउदी अरबको उर्जा मन्त्रालयद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । घाइते हुनेमा एक जना भारतीय र अर्का पाकिस्तानी नागरिक रहेको जनाइएको छ । 

घटनामा मृत्यु भएका नेपालीको परिचय, ठेगाना र घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन् । तेल क्षेत्रको प्रशोधन केन्द्रलाई लक्षित गरी आएको ड्रोनलाई साउदी हवाई प्रतिरक्षा प्रणालीले बीचमै रकेको र ड्रोन आक्रमणको प्रयासका क्रममा तेल क्षेत्रमा काम गर्ने ठेकेदार कम्पनीको एउटा सवारी साधानमा आगलागी भएको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

मन्त्रालयका अनुसार घटना लगत्तै सम्बन्धीत निकायले आवश्यक कदम चालेको छ । मन्त्रालयले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना व्यक्त गरेको छ । 

रोजगारीको शिलशिलामा साउदी अरबमा ठूलो संख्यामा नेपाली श्रमीकहरु रहेका छन् । 

सम्बन्धित समाचार