सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत प्रस्थान गरेका छन् ।
सभापति लामिछाने श्रीमती निकिता पौडेलसहित पारिवारिक तिर्थाटनका लागि भारत प्रस्थान गर्न विमानस्थल पुगेका छन् ।
लामिछाने तीन दिने भारत भ्रमणका लागि धनगढी हुँदै भारत प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा भारतको उत्तराखण्डस्थित नैनितालको कैचीधाम र आशामको गुवाहाटीस्थित कामाख्य मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।