नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले सपथ लिएका छन् ।
ललितपुरको सानेपास्थित पार्टीको केन्द्रिय कार्यालयमा आयोजित एक समारोहमा सभापति थापाले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
काठमाडौंमा सम्पन्न कांग्रेसको १५ औं महाधिवेशनमा सभापति थापा भारी मत सहित सभापति पदमा निर्वाचित भएका थिए ।
थापाले ६ हजार ५८४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी श्याम कृष्ण खड्कीले ३७५ मत प्राप्त गरेका थिए ।
महाधिवेशनबाट निर्वाचित कांग्रेसका अन्य पदाधिकारी र केन्द्रिय कार्यसमिति सदस्यको शपथ दशैं पछि हुनेछ ।