Oct 19 2026 | २०८३, कार्तिक ३ गते

२०८३, कार्तिक ३ गते

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

आइतवार , कार्तिक २, २०८३

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।

मुटुसँग सम्बन्धित सामान्य समस्या देखिएपछि खनाललाई आइतबार अस्पताल भर्ना गरिएको उनको सचिवालयले जानकारी दिएको छ ।

खनाललाई आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको हो ।

सचिवालयका अनुसार नेता खनालको स्वास्थ अवस्था सामान्य रहेको छ भने चिकित्सकहरुको निगरानीमा उपचार भैरहेको छ ।

सम्बन्धित समाचार