राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले सन्यासको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत घर्तीले खेल जिवनबाट सन्यास लिएको जानकारी दिएका हुन् । बुटवलबाट सुरु भएको आफ्नो फुटबल यात्रा काठमाडौं हुँदै राष्ट्रिय टोलीसम्म पुग्दा सहज नभएको विमलको भनाइ छ।
मनदेखि राष्ट्रका लागि खेलेको भन्दै विमलले आफ्नो सबै थोक फुटबलमै दिएको उल्लेख गरे।
सन्न्यासको निर्णय लिँदा निकै भावुक भएको बताएका विमलले सबैलाई आफूले देखाएको विश्वास र मायाका लागि धन्यवाद दिएका छन्।
विमलले सन् २०१२ मा बंगलादेशविरुद्धको खेलमार्फत राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए।