नेवार समुदायका मानिसले बुधबार खड्क जात्रा अर्थात् "पाया" मनाएका छन् ।
बडा दशैं टीकाको दिन साँझ तान्त्रिक विधिबाट खड्कको पूजाआजा र परम्परागत पहिरनमा खड्क धारण गरि जात्रा मनाइन्छ ।
शक्तिपिठबाट खड्क धारण गरि यो पर्व मनाइन्छ । असत्यमाथी सत्यको जित भएको खुसियालीमा खड्क जात्रा मनाउने गरिएको नेवार समुदायका अगुवा बताउछन् ।
काठमाडौंमा कंकेश्वरी, टेकबहाल, बटुक, भद्रकाली लिलबाराही र हनुमान ढोकाका दरबारबाट तलेजु भवानीको खड्क जात्रा निकाल्ने परम्परा छ ।
जात्राका क्रममा नगर परिक्रमा पछि दानवको प्रतीक कुविन्डोमा खड्कले प्रहार गरि खुसियाली मनाउने गरिन्छ ।