Oct 21 2026 | २०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, एक घाइते

मंगलवार , कार्तिक ४, २०८३

झापामा हात्तीको आक्रमणबाट एक वृद्दाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको ब्राहदशा गाउँपालिका- २ जनता चोककी ७० वर्षीया लजुमा खातुङ रहेकी छिन ।

आजको प्रात:कालिन पदयात्रामा उनलाई बिरिङ खोला नजिकै दुईवटा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी खातुनलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । शव परिक्षणका लागि उक्त अस्पतालमा राखिएको छ ।

खातुनसँगै पदयात्रा गरिरहेका सिही स्थानका ७३ वर्षीय झक्कु राजवंशी गम्भीर घाइते भएको र उनको विर्तामोडस्थित स्पाइन एक्स अस्पतालामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार