कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका कैदी सन्तोष जलारी पक्राउ परेका छन्।
प्रहरीका अनुसार जलारी २०८३ असोज ३१ गते राति जिल्ला कास्की कारागारबाट फरार भएका थिए। फरार भएपछि उनको खोजतलास भइरहेको थियो।
खोजतलासका क्रममा प्रहरी टोलीले मंगलबर पोखरा महानगरपालिका–स्थित पृथ्वीचोकमा रहेको न्यू झरना गेस्ट हाउसमा लुकिछिपी बसेको अवस्थामा जलारीलाई पक्राउ गरेको हो ।