Oct 26 2026 | २०८३, कार्तिक १० गते

२०८३, कार्तिक १० गते

एनपीएल

एनपीएल- ३ : विजेता टीमले एक करोड ५० लाख पुरस्कार पाउने

आइतवार , कार्तिक ९, २०८३

सिद्धार्थ बैंक नेपाल प्रीमियर लिग सिनज-३ को विजेता टीमले एक करोड पचास लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ ।

नेपाल क्रीकेट संघ (क्यान) ले प्रतियोगिताको पूर्वसन्ध्यामा गरेको पत्रकार सम्मेलन मार्फत विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने जानकारी दिएको हो ।

त्यस्तै उपविजेताले ८० लाख, तेस्रो हुने टिमले ४० लाख र चौथो स्थान हासिल गर्ने टीमले ३० लाख रुपैयाँ पुरस्कार पाउने क्यानका कोषाध्यक्ष पदम बहादुर खड्काले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

एनपीएलको तेस्रो संस्करण त्रिभुवन अन्तर्राष्ट्रिय क्रीक्रेट मैदान कीर्तिपुरमा भोलीदेखी उद्घाटन हुँदैछ ।

उद्घाटन खेलमा दोस्रो सिजनको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।

सम्बन्धित समाचार