एनपीएलको तेस्रो सिजनको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध सान्दार जित हासिल गर्दै विजयी सुरुवात गरेको छ ।
सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९. ५ ओभरमा ३ विकेटको क्षतीमा पुरा गर्यो । लुम्बिनीका लागि डार्शी शर्टले सर्वाधिक ४० रन प्रहार गरे ।
त्यस्तै ओपनर आशिफ शेखले ३२ निरोशन डिक्वोलाले ७ रन जोडे । बलिङतर्फ सुदूरपश्चिम रोयल्सका अनिल खरेलले २ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
यस अघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको थियो । लुम्बिनीको घातक बलिङमा सुदूरपश्चिम ८७ रनमा अलआउट भएको छ ।
त्रिवि क्रिक्रेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूपश्चिम १७.२ ओभरमा अलआउट हुँदै ८७ रन मात्रै जोड्न सक्यो ।
सुरुवातीदेखि नै विकेट झर्न थालेको सुदूरपश्चिमको लगातार विकेट झर्न पुगेको पछि कमजोर सुरुवात गर्यो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २७ रन जोडे ।
त्यस्तै शैफ अली जैबले १३ रन र अनिल खरेलले १२ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।
सुदूरपश्चिमको ब्याटिङ ध्वस्त पार्न लुम्बिनीका किशोर महत्तोले सर्वाधिक ४ तथा शेर मल्लले ३ विकेट चट्काए भने श्याडली भान शाल्क्विक र तिलकराज भण्डारी र कप्तान रोहित कुमार पौडेलले समान एक–एक विकेट लिए ।