Oct 26 2026 | २०८३, कार्तिक १० गते

२०८३, कार्तिक १० गते

एनपीएल

एनपीएल : सुदूरपश्चिम ८७ रनमै अलआउट

सोमवार , कार्तिक १०, २०८३

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को सिजन– ३ को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ । 
लुम्बिनीको घातक बलिङमा सुदूरपश्चिम ८७ रनमा अलआउट भएको छ । 

त्रिवि क्रिक्रेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूपश्चिम १७.२ ओभरमा अलआउट हुँदै ८७ रन मात्रै जोड्न सक्यो । 

सुरुवातीदेखि नै विकेट झर्न थालेको सुदूरपश्चिमको लगातार विकेट झर्न पुगेको पछि कमजोर सुरुवात गर्यो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २७ रन जोडे । 

त्यस्तै शैफ अली जैबले १३ रन र अनिल खरेलले १२ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । 

सुदूरपश्चिमको ब्याटिङ ध्वस्त पार्न लुम्बिनीका किशोर महत्तोले सर्वाधिक ४ तथा शेर मल्लले ३ विकेट चट्काए भने श्याडली भान शाल्क्विक र तिलकराज भण्डारी र कप्तान रोहित कुमार पौडेलले समान एक–एक विकेट लिए । 

केही बेरपछि लुम्बिनी लायन्सले जवाफी ब्याटिङ सुरु गर्नेछ । 

सम्बन्धित समाचार