Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते

‘माया भनेकै यस्तो होला’ को तिज गीत ‘नक्कल पारी’ सार्वजनिक

सोमवार , भाद्र ८, २०८३

रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’ को तिज गीत ‘नक्कल पारी’ सार्वजनिक भएको छ । 

गायीका शान्ती श्री परियार र गायक प्रशान्त शिवाकोटीको स्वर रहेको ‘नक्कल पारी’ प्रशान्त शिवाकोटीको संगीत तथा सुष्मा सिग्देलको शब्द रहेको छ । 

गीतको भिडियोमा दिल श्रेष्ठ, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ तथा पूर्व मिस नेपाल इन्टर नेशनल नीति शाह लगायतको अभिनय रहेको छ । तीजलाई लक्षित गरेर सार्वजनिक गरिएको गीतले पछिल्लो समय तिज मनाउने भन्दा महङ्गा गरगहना, लुगा देखाउने लगायतका प्रवृत्तिलाई प्रस्तुत गरिएको छ । 

‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको ‘माया भनेकै यस्तो होला’ मा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, नीति शाह, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

हरिनारायण श्रेष्ठ, मायादेवी श्रेष्ठ, प्रकाश श्रेष्ठ, जस्मिन श्रेष्ठ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्माता नवराज श्रेष्ठ रहेका छन् । ध्रुव लम्शालको पटकथा रहेको यस फिल्मले प्रेमकथा मार्फत् सामाजिक भावना र परिवेशलाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ । 

सुदीप बरालको छायांकन र बनिश शाह, रामप्रसाद चौधरीले सम्पादन गरेको  ‘माया भनेकै यस्तो होला’ को कोरियोग्राफर गम्भीर विष्ट हुन् । निर्माण टिमका अनुसार फिल्म भदौ २६ गते देशभर प्रदर्शनमा आउनेछ । 

 

 

सम्बन्धित समाचार