Oct 12 2026 | २०८३, आश्विन २६ गते

२०८३, आश्विन २६ गते

इतिहासको ब्याच खाएर होइन, कर्म बदलेर इतिहास रच्छौं : सभापति थापा

शनिवार , आश्विन २४, २०८३

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले आफुहरुले कर्म बदलेर इतिहास रच्ने दाबी गरेका छन् ।

काठमाडौंमा सम्पन्न पार्टीको १५ औं महाधिवेशन पछि सभापतिमा भारी मतसहित निर्वाचित भएका थापाले सानेपास्थित पार्टी कार्यालय पुगेर सम्बोधन गर्दै आफुहरु इतिहासको ब्याच खान नआए र इतिहास रटेर पनि नबस्ने स्पष्ट पारे ।

"हामी इतिहासको ब्याच खान आएका हिइनौं । इतिहास रटेर पनि बस्दैनौं । हामी कर्म बदलेर नयाँ इतिहास रच्छौं। हामी इतिहास रच्ने सामर्थ लिएर आएका छौँ, भनेर म नैजवान साथिहरुलाई भन्न चाहन्छु । हामीले कृषकलाई आफ्नो आवाज उठाइदिने पारिने कांग्रेस हो भन्ने भन्ने बनाउनुपर्छ । उद्यमी र विदेशीमा गएकाहरुलाई हाम्रो आवाज उठाइदिने पार्टी कांग्रेस हो भन्नेर भन्ने बनाउनु पर्नेछ । यस्तो पार्टी बनाउन हामीले बोलेर मात्रै हुँदैन कर्म पनि बदल्नुपर्छ, त्यो आजैबाट सुरु हुनेछ," सभापति थापाले भने ।

सभापति थापाले कांग्रेसको कार्यशैली बदल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महाधिवेशनले पारित गरेका प्रतिवेदनहरूको आधारमा पार्टी संगठन चल्ने उनको भनाइ छ ।

''पारित प्रतिवेदनहरू हाम्रा लागि मार्गनिर्देशक दस्ताबेज हुन् । यसमा साथीहरूले राख्ने धारणा समेटेर हामी केन्द्रीय समितिको पहिलो बैठकमा सघन समीक्षा गर्नेछौँ,'' उनले भने ।

सम्बन्धित समाचार