Oct 12 2026 | २०८३, आश्विन २६ गते

२०८३, आश्विन २६ गते

आईसीसी विश्वकप लिग-२

क्यानडामाथि नेपाल २४ रनले विजयी

आइतवार , आश्विन २५, २०८३

आईसीसी विश्वकप लिग- २ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपाल २४ रनले विजयी भएको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा २३५ रनको योगफल तयार गरेको थियो ।

जवाफी ब्याटिङ गरेको क्यानडाले ४८.४ ओभरमा अलआउट हुँदै २११ रन मात्रै बनाउन सक्यो ।

क्यानडालाई सस्तैमा समेट्न नेपालका बलर नन्दन यादव, करण केसी, ललित राजवंशी र कप्तान सन्दिप लामिछानेले समान २/२ विकेट चट्काए ।

पहिला ब्याटिङ गरेको नेपालका लागि पूर्व कप्तान रोहित कुमार पौडेलेले शानदार शतक प्रहार गरे । सुरुवाती चरणमा ब्याटिङमा धर्मराएको नेपालका लागि १२५ बलको सामना गरेका रोहितले ८ चौका र एक छक्काको मदतमा शतक पूरा गरे ।

आक्रमक ब्याटिङ गरेका गुल्सन झा अर्धशतक बनाउनबाट २ रनले पछि परे । ३४ बलको सामना गरेका गुल्सनले ४ चौका र ३ छक्काको मदतमा ४८ रनको योगदान दिए ।

त्यस्तै नेपालका बसिर अहमदले ३० र ओपनर अर्जुन कुमालले २३ रन जोडे ।

यो जितसंगै नेपाल २६ अंकसहित अंकतालिकाको छैटौं औं स्थानमा रहेको छ ।

सम्बन्धित समाचार