चर्चित अभिनेत्री शिल्पा सेठ्ठी आज काठमाडौं आईपुगेकी छन् ।
आजदेखी सोल्टी होटलमा सुरु हुन लागेको इएमएफ एसिई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ मा सहभागी हुन् अभिनेत्री सेठ्ठी केही बेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् ।
दुईदिने यो कार्यक्रममा सभागी हुन बलिउड अभिनेता शक्ति कपुर र विक्रान्त मेसी पनि नेपाल आउने जनाइएको छ ।
सम्मेलनमा भरतसहित विभिन्न ७ मुलुकका करिब ५५० जना इभेन्ट, वेइडिङ, पर्यटन तथा आथित्य क्षेत्रका व्यवसायी, लगानीकर्ता, गन्तव्य विषेश लगाएतको सहभागी रहने जनाइएको छ ।
नेपाललाई लक्जरी वेइडिङको गन्तव्यको रुपमा स्थापना गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाईएको छ ।
© 2026 All right reserved to nrnpost.com | Site By : Sobij