Nov 21 2026 | २०८३, मंसिर ६ गते

२०८३, मंसिर ६ गते

पूर्वमुख्य सचिव अर्यालविरुद्द पक्राउ पुर्जी जारी

बिहिवार , मंसिर ४, २०८३

पूर्वमुख्य सचिव एक नारायण अर्याल विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले  अर्याललाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो ।

मलेसिया जाने श्रमिकमाथि संगठित रुपमा ठगी गरेको आरोपमा अनुसन्धानका लागि तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव समेत रहेका अर्याललाई पक्राउ गर्न खोजिएको हो ।

मलेसिया गएका श्रमिकसँग श्रम सम्झौता विपरित १ अर्ब ६९ करोड असुल गरेको उजुरिका आधारमा सिआईबीले बुधबार दुई पूर्वमन्त्रीद्दय शेरबहादुर कुँवर र रामेश्वर यादवसहित ६ जनालाई पक्राउ गरिसकेको छ।

सम्बन्धित समाचार