Nov 18 2026 | २०८३, मंसिर ३ गते

२०८३, मंसिर ३ गते

सिन्धुलीमा माइक्रोबस दुर्घटना, १४ जना घाइते

मंगलवार , मंसिर २, २०८३

सिन्धुलीको गोलन्जोर गाउँपालिका –०७ पलासेस्थित बीपी राजमार्गमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

आज जनकपुरबाट काठमाडौं जाँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेर दुर्घटना भएको हो ।  

प्रहरीका अनुसार दुर्घटनामा गाडीमा सवार १४ जनामध्ये सबै घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको छ । घाइतेमध्ये ९ जनाको विवरण खुलिसकेको छ भने ५ जनाको विवरण खुल्न बाँकी रहेको छ ।

अन्य पाँच जना घाइतेहरुको विवरण लिने कार्य तथा दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार