Nov 18 2026 | २०८३, मंसिर ३ गते

२०८३, मंसिर ३ गते

भ्रमण

प्रधानमन्त्री बालेन्द्र शाह मंसिर ६ गते भारत भ्रमणमा जाने

सोमवार , मंसिर १, २०८३

प्रधानमन्त्री बालेन्द्र शाह मंसिर ६ गते (नोभेम्बर २२) भारतको राजकीय भ्रमणमा जाने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिल्ली जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय निकट स्रोतले जनाएको छ ।

भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको भारतीय हुँदै हवाई रुट उपलब्ध गराउने विषयसहित विभिन्न मुद्दामा सहमति जुट्ने अपेक्षा गरिएको छ ।

भ्रमण तालिका अनुसार प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डल मंसिर ६ मा दिल्ली पुग्नेछ र भ्रमण पूरा गरेर भोलिपल्ट स्वदेश फर्किनेछन ।

प्रतिनिधिमण्डलस्तरीय वार्तापछि प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी मोदीबीच आधा घण्टा एक्ला एक्लै भेटवार्ता हुने भ्रमणबारे जानकार एक अधिकारीले बताए ।

यस अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०१६ र २०१८ दुई पटक भारतको राजकीय भ्रमण गरेका थिए ।

त्यस्तै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सन् २०१६ र शेरबहादुर देउवाले २०१७ मा एक-एक पटक राजकीय भ्रमण गरेका थिए ।

नेपालमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछि फागुन २१ मा भएको प्रतिनिधि सभाको आम निर्वाचनपछी रास्वपाले करिब दुईतिहाई बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री बनेका बालेन्द्र शाह पहिलो पटक भारत भ्रणममा जान लागेका हुन् ।

सम्बन्धित समाचार