Oct 09 2026 | २०८३, आश्विन २३ गते

२०८३, आश्विन २३ गते

त्रिविमा शिक्षा मन्त्री सस्मितविरुद्द नेपोबेबी मुर्दावादको नारा

बिहिवार , आश्विन २२, २०८३

त्रिभुवन विश्वविद्यालयमा शिक्षा तथा खेलकुद मन्त्री एवम् विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलविरुद्ध त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीले नाराबाजी गरेका छन्। 

कीर्तिपुरस्थित त्रिभुवन स्मृति भवनमा आयोजित त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसको बैठकमा अध्यक्षता गर्न पुगेका मन्त्री पोखरेलविरुद्ध विश्वविद्यालय परिसरमा विद्यार्थीहरूले नाराबाजी गरेका हुन्। 

त्रिवि अगाडि प्रदर्शनमा सहभागीहरूले ‘नेपोबेबी मुर्दावाद’, ‘मुर्दावाद, मुर्दावाद’ र  ‘राजनीतिक भागबण्डा बन्द गर’ लगायतका नारा लगाएका थिए। 

सम्बन्धित समाचार