सन् २०२६ को साहित्यतर्फको नोबेल पुरस्कार क्यानडाकी चर्चिय साहित्यकार तथा निबन्धकार एनी कार्सनलाई प्रदान गरिएको छ।
रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले बिहिबार स्टकहोममा क्यानेडेली लेखिका कार्सनलाई यस वर्षको प्रतिष्ठित साहितिक सम्मान गर्ने घोषणा गरेको हो ।
"शास्त्रीय परम्परासँगको रमाइलो संवादमार्फत समकालीन साहित्यका लागि नयाँ स्वरूपहरू सिर्जना गर्ने साहसी र नवीन सिर्जनात्मक कार्यका लागि" कार्सनलाई यो वर्षको साहित्य तर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको नोबेल समितिले जनाएको छ ।
विजेतलाई १० डिसेम्बरमा स्टकहोममा पुरस्कार प्रदान गरिन्छ । त्यतिबेला नोबेल पुरस्कारको पदक, डिप्लोमा र पुरस्कारहरुस्वरुप प्राप्त हुने रकमहरु पाएको पुष्टि गर्ने पत्र दिइन्छ ।