बजेटप्रति असन्तुष्टी जनाउँदै सत्तारूढ दल एमालेका सुदूरपश्चिम प्रदेश सभाका सांसद वीरबहादुर थापाले पदबाट राजिनामा दिएका छन् ।
सांसद थापाले सभामुख भिमबहादुर भण्डारी समक्ष राजिनामा बुझाएका हुन् ।
पूर्वमन्त्री समेत रहेका थापाले केही समय देखि बजेटप्रति असन्तुष्टि जनाउँदै आएका थिए ।
उनको असन्तुष्टिलाई सम्बोधन नै नगरी मंगलबार बजेट पारित भएपछि उनले सांसद पदबाटै आफुले जारीनामा दिएका हुन् ।
सभामुख भण्डारीले सांसद थापाको राजिनामा प्राप्त भएको बताए ।